नियम १८
प्रज्वलनशील तथा खतराजनक वस्तु तथा पदार्थ वायुयानबाट ओसार पसार गर्न नहुने
नेपाल सरकार वा प्राधिकरणले तोकेको प्रज्वलनशील तथा खतराजन्य वस्तु तथा पदार्थ तोकेको परिमाण भन्दा बढी हुने गरी र तोकेको तरिका बाहेक अन्य तरिकाबाट त्यस्ता वस्तु तथा पदार्थ वायुयानबाट ओसार प्रसार गर्न हुँदैन ।